सूचनाको शक्ति - The Power Of Information

        

संसद विघटनविरुद्ध बानेश्वरमा नेकपा सांसदको हस्ताक्षर संकलन

काठमाडौं । संसद विघटनका विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन सुरु गरेका छन् ।

सरकारले संसद विघटन गरेको भोलिपल्ट संसद बैठकस्थलमा भेला भएका उनीहरूले संसद विघटनका विरोधमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूको हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरू वर्षमान पुन, गिरिराजमणि पोखरेललगायत नेताहरू पनि पुगेका छन् ।

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार १५:०६