काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने बताउनु भएको छ ।
संसद विघटन भएर राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाखको १७ र २७ गते निर्वाचनको मिति समेत तेकिसक्दा भट्टराइको यो भनाइ आएको हो ।
भट्टराइले देश अध्यारो कुनामा फसिसकेको समेत बताउनुभयो । ट्विटरमा लेख्दै उहाँले कानूनी उपचारको झिनो आशा भएपनि त्यसको भर नहुने बताउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसद विघटन गर्नुभएको थियो । अध्यक्ष भट्टराईले प्रधानमन्त्रीको यो कदमको कडा प्रतिकार गर्ने पनि लेख्नुभएको छ ।
सत्यपाटी ।