सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंका यी ठाउँमा आज ५ घण्टा बत्ती जाने

काठमाडौं । काठमाडौंका केही ठाउँमा आज विद्युत अवरुद्ध हुने भएको छ ।

विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार आज बिहान १० देखि दिउँसो ३ बजेसम्म जोरपाटी वितरण केन्द्रको गोठाटार फिडर अन्तर्गत खहरेदेखि महानटार, तेजविनायक, पहेलो पुल हुँदै शिवचोक सम्म बत्ती जाने छ ।

एचटी लाइन सुदृढीकरण कार्य गर्नुपर्ने भएकोले उक्त क्षेत्रहरुमा विद्दुत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार १०:५०