सूचनाको शक्ति - The Power Of Information

        

संसद् विघटन प्रकरण

ओलीनिकट सांसदको बैठक बालुवाटारमा सुरु, प्रचण्ड–नेपाल पक्षको भेला संसद् भवनमा

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई पक्ष आआफ्ना रणनीतिमा तयारीमा जुटेका छन् । यसैक्रममा अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट सांसदको बैठक राखेका छन् । ‘बैठक ९ बजे बिहान भनिएको थियो, तर भर्खर सुरु भएको छ,’ बालुवाटार स्रोतले भन्यो ।

यसैबीच नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पनि आजै दिउँसो १ बजे आफूनिकट सांसदको भेला गर्दैछ । स्रोतका अनुसार सोमबार दिउँसो १ बजे संसद् भवनमै बैठक हुनेछ । यस्तै त्यहीं दिउँसो ३ बजे नेकपाको स्थायी कमिटीको बैठक पनि राखिने नेकपाका एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार १०:४९