सूचनाको शक्ति - The Power Of Information

        

देशभर पश्चिमी वायुको प्रभाव, दिनभर कस्तो रहन्छ कहाँको मौसम?

देशका पश्चिमी क्षेत्रको मौसम बदली भइ अरु क्षेत्रमा सोमबार मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण केही क्षेत्रको मौसम बदली हुने भएको हो । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा छ ।

सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार ०८:२६