सूचनाको शक्ति - The Power Of Information

        

२०७७ पुस ६ गतेको राशिफल : मेषलाई चिन्ता, कर्कटलाई झमेला

२०७७ पुस ६ गते, सोमवार, २१ डिसेम्बर २०२० । मार्ग शुक्लपक्ष, सप्तमी तिथि । पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि– कुम्भ । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

विपरित वर्गप्रतिको आकर्षण बढ्ला । स्वास्थ्य सुधारोन्मुख हुँदै जानेछ । खर्च बढ्नेछ । मन मिल्नेहरूबीच लामो यात्राको योजना बन्न सक्नेछ । कृषि क्षेत्रका काममा सफलता मिल्ला । शैक्षिक क्षेत्र सोचेजस्तो नहोला । वैदेशिक क्षेत्र सफल रहला । श्रीमान श्रीमतीबीचको सम्बन्ध सुधार हुनेछ । छोराछोरीको स्वास्थ्यका कारण चिन्ता बढ्न सक्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आकस्मिक धन लाभ हुन सक्नेछ । बैदशिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा राम्रै प्रगति हुनेछ । आफन्तसँग पुनर्मिलनको योग छ । आफ्ना योजना गोप्य राखेर गरेको काममा सफलता मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आजको दिन मध्यम खालको छ । दुःख, सुख राम्रो नराम्रो सबै बराबर खालको समय छ । नयाँ कामको सुरूवात भएपनि उत्साह त्यति नहुँन सक्छ । आर्थिक पक्ष सबल नै रहने छ । खर्च पनि बढ्नेछ । पारिवारिक सद्भाव बढे पनि प्रेमी प्रेमिकाबीच खटपट हुन सक्छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ला

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अनावश्यक झमेलामा फसिएला । सरकारी निकायको भय होला । नजिकका ब्यक्ति नै काम विगार्न लागि पर्लान् । आर्थिक कारोबार गर्दा बिचार पुर्याउनुहोला । निर्णय लिनमा दुविधा होला । दिनको उत्तरार्धमा आफू अनुकुलको समय बन्ला । सुभ समाचारले मन हर्षित होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अनुहारमा कान्ती र मनमा शान्ति छाउनेछ । आम्दानीका स्रोत बढ्नेछन् । दाजुभाइसँग सम्बन्ध प्रगाढ हुनेछ । सरकारी निकायबाट भय भए पनि मुद्दामामिलामा तपाईँकै जित हुनेछ । पितासँगको सल्लाहमा गरेको काममा सफलता मिल्ला । शैक्षिक क्षेत्र ठीकै होला । सन्तान सुख मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आकस्मिक धन लाभ होला । शत्रुहरू परास्त हुनेछन् । विरोधीहरूले तारिफ गर्न थाल्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिएला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । अग्रजको साथ सहयोगले आत्मबल बढ्नेछ । नयाँ काम गर्नेहरूका लागि शुभ अवसर छ । योजना गोप्य राख्नु हितकर हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बिद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ । लगनशीलताले कामहरू अघि बढ्नेछन । प्रेमीको सहयोग पाईनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । बेलुकापखबाट स्वास्थ्यमा समस्या आउन सक्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साथीभाईसँग रमाइलो यात्रा हुन सक्छ । परिवारका सदस्यसँगको समय व्यतित हुँदा मन प्रफुल्लित हुनेछ । आम्दानीका नयाँ नयाँ बाटा पहिल्याइनेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । अध्ययन अध्यापन मध्यम रहनेछ । विपरित वर्गप्रतिको आकर्षण बढ्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धार्मिक क्षेत्रमा मन जानेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । रोकिएको काम बन्न सक्छ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । यात्रामा सावधानी अपनाउनु होला । खानपानमा ख्याल नगर्दा स्वास्थ्य विग्रन सक्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अनावश्यक झै झमेलामा फसिएला । खर्च बढ्नेछ । दिनको उत्तरार्धमा सुखद् समाचार सुन्न पाइएला । नजिकको मित्रबाट सहयोग रहनेछ । प्रेमी प्रेमिकाबीच पुनर्मिलनको योग छ । यात्रामा साबधानी अपनाउनु होला । शैक्षिक क्षेत्र ठीकै रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । दाम, नाम र प्रतिष्ठा कमाउने बेला छ । विशेष काममा जग बसाउने अवसर जुट्नेछ । प्रतिष्ठित जिम्मेवारी हात पार्न सफल भइनेछ । विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ । आफूभन्दा वरिष्ठ व्यक्तित्वको साथ सहयोग मिल्नेछ । आर्थिक कारोबारमा मन्दी आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

धनआर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । सही समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्यमा सफलता मिल्ला । शेयरको कारोवारमा सफलता मिल्ला । अधुरा कामले पूर्णता पाउन सक्छ । प्रेम सम्बन्धमा खटपट आउन सक्छ । अनावश्यक दबाब झेल्नु पर्ला ।

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार ०६:४१