सूचनाको शक्ति - The Power Of Information

        

संसद विघटन प्रकरण

प्रधानमन्त्री ओलीलाई पार्टीबाट कारवाही !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका एक अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी थालेको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितका बहुमत सचिवालय सदस्यहरुले स्थायी कमिटी बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी थालेका हुन् ।

आज नेकपाको स्थायी कमिटीको बैठक बस्दै छ । बैठकमा ओली भने सहभागि नहुने अडानमा छन् । तर, सोही बैठकले ओलीमाथि कारवाहीको निर्णय गर्ने तयारी भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार उनलाई पार्टीको विधान बमोजिम कारबाहीको तयारी थालिएको छ । अहिले नेकपाको प्रचण्ड–नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार १२:५४