सूचनाको शक्ति - The Power Of Information

        

गगन थापाले भने, ‘नेकपाको मतको बैधता सकियो’

काठमाडौं । मन्त्रिपरिषदले प्रतिनिधि सभा विघटनको प्रस्ताव सिफारिस गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना सुरू भएको छ । प्रधानमन्त्री ओलीले लहडमा असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर तीन वर्षअघि जनताले दिएको मतको वैधता पनि समाप्त पारेको कांग्रेस नेता गगन थापाले बताएका छन् ।

‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। प्रधानमन्त्री ओलीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ,’ थापाले ट्वीटमा भनेका छन्, ‘यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ ।’

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार १२:१३