काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको सिफारिस असंवैधानिक र गैरजिम्मेजारपूर्ण भएको बताएका छन्।
साामजिक संजाल ट्वीटरमार्फत डा. कोइरालाले ओलीले असंवैधानिक कदम चालेको बताएका हुन्। उनले ओलीको कदमले मुलुकमा द्वन्द्व र अस्थिरताको डरलाग्दो श्रृंखला निम्त्याउन सक्ने भन्दै उनले यो गलत कदमलाई राष्ट्रपतिले सच्चाउनुपर्ने बताएका छन्।
‘दलभित्रको आन्तरिक झगडाको आवेगमा प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने सिफारिस असंवैधानिक र गैरजिम्मेवारपूर्ण छ। यसले मुलुकमा फेरि द्वन्द्व र अस्थिरताको डरलाग्दा श्रृखंला निम्त्याउनसक्छ। यो गलत कदमलाई राष्ट्रपतिले सच्चाउनुपर्छ,’ कोइरालाले भनेका छन्।
सत्यपाटी ।