प्रधानमन्त्रीको कदम लोकतन्त्रमाथिकै प्रहार: काँग्रेस
सत्यपाटी ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई काँग्रेसले राजनैतिक रुपमा प्रतिवाद गर्ने जनाएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको कदम लोकतन्त्रमाथिकै प्रहार भएकाले यसलाई रोक्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
शर्माले अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले बिहान आकस्मिक मन्त्रिपरिषद बैठक डाकी संसद विघटनको प्रस्ताव गर्नुभएको छ ।
सत्यपाटी ।