सूचनाको शक्ति - The Power Of Information

        

फुटको नजिक नेकपा

नेकपा स्थायी कमिटी बैठक आज, प्रधानमन्त्री सहमति जुटाउने प्रयासमा

विवाद समाधान हुने संभावना देखिएको छैन्

काठमाडौं । फुटको नजिक पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरे पनि सहमति भैसकेको छैन ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली हिजो दिनभरी सहमति जुटाउने प्रयासमा भेटघाट र परामर्शमा ब्यस्त हुनुभयो ।

सहमतिका लागि ओलीले पुष्पकमल दाहाल प्रचण्डलगायत पार्टीका अन्य नेताहरुसँगको भेटघाटलाई तीव्र बनाउनु भएको थियो ।

प्रचण्ड निवास खुमलटारमै पुगेर ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि प्रचण्डले सो प्रस्ताव अस्विकार गनुर्भएको थियो ।

ओली र प्रचण्ड आफ्नो अडानमा लचिलो नभएका कारण आजको बैठकमा विवाद समाधान हुने संभावना देखिएको छैन् ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो भने मंसिर १३ को बैठकमा ओलीले फेरि प्रचण्डमाथि गम्भीर आरोपसहित प्रत्युत्तर दिनुभएको थियो ।

अध्यक्षद्वयले एकअर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद थप चर्केको छ ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार ०९:३६