सूचनाको शक्ति - The Power Of Information

        

रेशम चौधरीलाई उच्च अदालतले पनि सुनायो जन्मकैदकै फैसला

काठमाडौं । २०७२ भदौ ६ गते ८ जना सुरक्षाकर्मी र एक नावालकको ज्यान जाने गरी भएको कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैदको फैसला सुनाएको छ । उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले बुधबार रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो ।

यसअघि कैलाली जिल्ला अदालतले पनि रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो । सोही फैसलालाई उच्च अदालतले पनि सदर गरेको उच्च अदालत दिपायलकी निमित्त रजिष्टार सीता रेग्मीले जानकारी दिइन् । यसअघि तीन वर्षको कैद सजाय पाएर मुक्त भएका लक्ष्मण चौधरीलाई पनि उच्च अदालतले जन्मकैदकै सजाय सुनाएको छ ।

जिल्ला अदालत कैलालीले भने लक्ष्मण चौधरीलाई तीन वर्षमात्रै सजाय हुने फैसला गरेको थियो । उनी तीन वर्षभन्दा बढी पुर्पक्षमा बसेर छुटिसकेका छन् । टीकापुर घटनामा ८ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । रेशम चौधरी सहितका ५८ जनाका विरुद्ध पीडितहरुले कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी तीन थरिका मुद्दा दिएका थिए । रेशम चौधरी प्रतिनिधि सभामा भारी मतान्तरले जितेपछि २०७५ को फागुनमा मात्रै सार्वजनिक भएका थिए । सांसदको सपथ पनि लिएका चौधरी हाल कारागारमै छन् ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार ०८:२८