बाँके । सौन्दर्यकर्मी एवं इच्छुकहरुका लागि आजदेखि नेपालगन्जमा सात दिने मेहन्दी एवं नेल आर्ट शुभारम्भ गरिएको छ । न्यूरोडस्थित गुड न्यू आइटीसी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको आयोजनामा दैनिक दुई चरणमा सञ्चालन हुने निशुल्क तालिममा ६० जनालाई सहभागी गराइएको छ । मुम्वई मेहन्दीका नेपाल नं. १ मेहन्दी आर्टिष्ट कुलदीप कुमारले पानसमा बत्ती बालेर तालिमको शुभारम्भ गरेका हुन् ।
उनले मेहन्दी कला सीकाईले सौन्दर्य वृद्धि मात्र नभई व्यवसाय र पेशा समेत अवलम्वलन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । इच्छा शक्तिलाई व्यवसायमा रुपान्तरण गर्न समेत सहभागीलाई उनले आह्वान गरे । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालगन्ज उपमहानगरपालिका कमिटी अध्यक्ष एवं गुड न्यू आइटीसीकी प्रोप्राइटर गीता भण्डारीले मेहन्दी आर्टजस्तो दुर्लभ अवसरलाई अधिकतम उपलव्धीमूलक बनाउन सुझाव दिइन् ।
राष्ट्रिय सौन्दर्यकर्मी यूनियन कोहलपुर नगर कमिटीकी सचिव सोनिया राना मगरद्धारा सञ्चालित तालिम उद्घाटनका अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शुक्रऋषि चौलागाईले पनि शुभकामना मन्तव्य दिएका थिए । तालिममा नेल आर्ट, नेल बुट्टा बनाउने, मेहन्दी कलाका विविध पाटोमा कक्षा दिइने गुड न्यू आइटीसीकी प्रोप्राइटर भण्डारीले जानकारी दिएकी छन् ।
सत्यपाटी ।