सूचनाको शक्ति - The Power Of Information

        

विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

मोरङ । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक घण्टाको फरकमा कोरोना भाइरस संक्रमित दुई जनाको  मृत्यु भएको छ। मोरङ स्थायी ठेगाना भएका दुवै जनाको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो।

उपचारका क्रममा मोरङको सुन्दरहरैँचाका २२ वर्षीय पुरुष युवा र पथरी शनिश्चरेकी ७३ वर्षीया वृद्धा महिलाको मृत्यु भएको जानकारी केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले दिए।

उनका अनुसार सुन्दरहरैँचा नगरपालिका–३ का पुरुषको राति ९:५० बजेतिर मृत्यु भएको हो। पीसीआर परीक्षण गराउँदा मंसिर २९ गते सोमबार रिपोर्ट पोजिटिभ आएपछि युवालाई उपचारका लागि अस्पताल भर्ना गरिएको सिग्देको भनाइ छ।

अस्पताल भर्ना गरेर उपचार थालिएकोमा भोलिपल्ट उनको मृत्यु भएको हो। त्यस्तै पथरीशनिश्चरे नगरपालिका–१ की वृद्धा महिलाको पनि राति ८:५० बजेतिर मृत्यु भएको छ।

डा. सिग्देलका अनुसार कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो। मृतकमा श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने, खोकी लाग्ने लगायतका समस्या रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : १ पुष २०७७, बुधबार ०९:०८