सूचनाको शक्ति - The Power Of Information

        

प्रिमियर लिगमा चेल्सी पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा वुल्भर ह्याम्पटन वान्डरर्सले चेल्सीलाई हराएको छ ।

गएराती आफ्नै मैदानमा भएको खेलमा वुल्भर ह्याम्पटका लागि ड्यानियल पोडेन्स र पेड्रो नेटोले एक एक गोल गरे । पराजित टोली चेल्सीका लागि ओलिभर जिरुले पहिलो गोल गरेका थिए ।

प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीलाई वेष्ट ब्रोमले १–१ गोलको बराबरीमा रोकेको छ ।
इंग्लीश प्रिमियर लिग फुटबलमा आज राती ६ खेल हुनेछन् । शिर्ष स्थानको टोटनह्याम हट्सपरले लिभरपुलसँग खेल्दा आर्सनलले साउथह्याप्टनको चुनौती सामना गर्नेछ ।

आजका अन्य खेलहरुमा लिड्स युनाईटेड र न्युकासल युनाईटेड, लेष्टर सिटी र एभर्टन, फुल्हम र ब्राइटन तथा वेष्ट ह्याम युनाईटेड र क्रिष्टल प्यालेस भिड्नेछन् । एजेन्सी

प्रकाशित मिति : १ पुष २०७७, बुधबार ०८:५६