सूचनाको शक्ति - The Power Of Information

        

पूर्वमन्त्री आफ्तावका भाई पक्राउ, भारतबाट नेपाल ल्याइँदै

काठमाडौं । काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाई मोहम्मद महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर उनलाई रौतहट ल्याइँदै गरेको उच्च स्रोतले जानकारी दिएको छ ।

उनलाई लिन प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली मोतिहारी पुगेको छ । ०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घट्नामा महताव फरार थिए । घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव पुर्पक्षका लागी नख्खु कारागारमा छन् ।

प्रहरीले आफ्तावलाई ०७६ असोज २७ मा पक्रेर मुद्दा चलाएको थियो । संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटका घाईते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई आफ्तावको दाजुभाईको समूहले ईट्टाभट्टामा जिउँदै जलाएको आरोप छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १०:२३