सूचनाको शक्ति - The Power Of Information

        

आज २०७७ मंसिर २२ गते सोमवारको राशिफल : मिथुनलाई सफलता, वृश्चिकलाई अवसर

२०७७ मंसिर २२ गते, सोमवार, ७ डिसेम्बर २०२० । मार्ग कृष्णपक्ष, सप्तमी तिथि (१५ः१६ बजेदेखि अष्टमी), मघा नक्षत्र (१२ः०३ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि, सिंह ।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहनेछ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । पहिलेको कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ । छिद्र खोतल्नेहरूबाट सावधान रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ काम गर्ने वातावरण बन्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । बिछोडिएका आफन्त नजिकिनेछन् । प्रेम र मित्रताको बन्धन कसिनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ । पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । छिमेकमा असमझदारी बढ्नेछ, होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । चिताएका काममा अलि बाधा हुनसक्छ । समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । आम्दानी मनग्य हुनेछ । आकस्मिक खर्चले धन संग्रहमा अलि बाधा पुग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा पनि फाइदै हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

चुनौतीभित्र अवसर खोज्ने समय छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । चिताएको काम बिग्रनाले निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ । फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ । अर्थअभावले सताउन सक्छ । लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला । यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ । आफन्तबीच आत्मीयतामा कमी आउने समय छ । वादविवादले घर–गृहस्थीमा समस्या निम्त्याउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि मनमा दुविधा कायम रहनेछ । दिगो काम थाल्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ । (नेपाली पात्रो)

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ०७:१७