सूचनाको शक्ति - The Power Of Information

        

रुपन्देहीमा एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका अनुसार सैनामैना नगरपालिका-१ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ४:१५ बजे मृत्यु भएको हो ।उनीमा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मंसिर ११ गते अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतवार १३:३०