सूचनाको शक्ति - The Power Of Information

        

सुनको मुल्य घट्यो, तोलाको कति ?

काठमाडौं । साताको पहिलो कारोबारदिन आईतवार सुन र चाँदीको मूल्य सामान्य घटेको छ । शुक्रवारको तुलनामा छापावाल सुन शुक्रवार २ सय रुपैयाँले घटेर ९२ हजार ७ सय रुपैयाँ प्रतिोलामा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले घटेर ९२ हजार २ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आईतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । आईतवार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतवार ११:२८