सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

काठमाडौं । पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भए पनि अरु क्षेत्रको मौसम शुक्रबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । तर स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही स्थानमा मौसम बदली भएको हो ।

हाल गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । अरु क्षेत्रमा आंशिक बदली रहनेछ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी स्थानमा आंशिक बदली रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार ०८:१५