सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ६ का गाउँपालिकामा विषयगत नमूना कानून बनाइने


सुर्खेत । प्रदेश नम्बर ६ का गाउँपालिकाहरुमा एकैसाथ विषयगत शाखाका लागि नमूना कानून बनाइने भएको छ । स्थानीय तह गाउँपालिकामा रहेका विभिन्न २२ वटै विषयगत शाखामा व्यवस्थित र गुणस्तरीय कार्य सञ्चालनका लागि कानून बनाइने भएको हो ।
त्यसका लागि गाउँपालिका महासंघ प्रदेश नम्वर ६ ले आगामी माघ ९ देखि ११ गतेसम्म सम्मेलन आयोजना गरेको छ । कार्यक्रममा सहभागी हुने प्रदेश नम्बर ६ का सवै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई काँशिराज दाहाल र डाक्टर कृष्ण पौडेलले सहजीकरण गर्ने महासंघका अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिए ।
स्थानीय तहमा जनप्रतिनिधि आइसक्दा पनि विषयगत कार्यालयमा ऐन कानून नबन्दा काम गर्न कठिनाई भइरहेको गुनासो आइरहन्छन् । अहिलेसम्म महासंघका अध्यक्ष केसिको गाउँपालिकासमेत रहेको सुर्खेतको सिम्ता गाउँपालिकामा मात्रै यस्तो कानून बनेको छ ।

प्रकाशित मिति : ५ माघ २०७४, शुक्रबार ०५:११