सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा कहाँ पाइन्छन् कल गर्ल, कतिसम्म छ रेट ?

काठमाडौं । रवि कार्की (नाम परिवर्तन) काठमाडौंको एउटा फ्ल्याटमा पुगे । खानाका परिकारदेखि मापसेसम्मको राम्रो व्यवस्था भएको फ्ल्याटमा दुईजना युवती थिए । धनगढीबाट काठमाडौं आएका बेला काम सकेर मस्ती मुडमा रहेका रविले एक हप्तासम्म प्रयोग गरेको ट्याक्सीमार्फत त्यो फ्ल्याटको ढोका ढकढकाउने अवसर पाए ।

उनको डिल भयो, ५ हजार रूपैंया, ८ घन्टाको समय । खाना, खाजा र दुई बोतल मापसे पनि । साथमा चाहेको सबै पनि । केही समय लन्डनसमेत बसेका उनले नेपालमा सस्तो र राम्रो सुविधा पाएको महसुस गरें । उनी भन्छन्, ‘लन्डनमा त व्यावसायीकरूपमा नै यस्ता ठेगाना पाइन्छन्, काठमाडौं लगायतका ठाउँमा पनि सुरु भएको रहेछ ।

रविले हरेक पटकको काठमाडौं बसाईलाई सुखमय बनाउने सजिलो माध्यम पनि भेटेका छन् । रविमात्र होइन जीवन बुढाथोकी (नाम परिवर्तन)लाई जतिबेला शरीरलाई आनन्द लिने मन हुन्छ, इन्टरनेट साइट खोतल्न थाल्छन् । कल गर्ल सम्बन्धी व्यावसायीक साइटमा रहेका ठेगानाका नम्बर र युवतीसँग सम्पर्क गर्छन् ।

केही समयमा नै डिलअनुसारको सेवा लिने गरेका छन् । रेड लाइट एरिया नभए पनि नेपालका विभिन्न सहरमा कल गर्लको संख्या भुसमा आगो हुर्किए जसरी बढेको छ । खासगरी विद्यार्थी, रोजगारी गरिरहेका युवतीहरूले छिटो आम्दानीका लागि कल गर्ल को पेशालाई अपनाउन थालेका छन् ।

यसको यकिन तथ्यांकन नभए पनि विभिन्न सहरमा युवतीहरूको संख्या बढिरहेको देखिन्छ । कल गर्ल सम्बन्धी कतिपय विदेशी वेभसाइटहरूले त नाम, सहर, ठेगाना र फोन नम्बरसहित युवतीको तस्बिर नै राखिदिएको छ । कल गर्ल सम्बन्धी जानकारी राख्ने ‘डेटिङफेला भन्ने वेभसाइटले नेपाली युवतीहरूको नामसहित विस्तृत विवरण राखिदिएको छ ।

यो साइटले यस्ता युवतीको वायोडाटा नै राखिदिने गरेको छ । एक अध्ययनअनुसार काठमाडौं, पोखरा, धरान लगायतका विभिन्न सहरमा कल गर्ल होस्टेल, फ्ल्याटमा बस्ने गरेका छन् । उनीहरूले सेवाग्राहीलाई सुरक्षित स्थान अथवा आफु बसेको फ्ल्याटमै पनि सेवा दिने गर्छन् । कतिपय कल गर्ल आफ्ना ग्राहकको मर्जीअनुसार ‘लङड्राइभ’मा समेत जाने गरेका छन् ।

इन्टरनेट एउटा माध्यम भयो, अर्को क्लव, डान्स रेष्टुरेन्ट र कतिपय डिस्कोमा भेट हुने गरेको पाइन्थ्यो । अहिले ती स्थान बन्द रहेकाले धेरै इन्टरनेट वा ट्याक्सी ड्राइभरको सम्पर्क सुत्रबाट फैलिरहेको छ । कल गर्लहरू विभिन्न पेशा, व्यापार, व्यावसायका आवरणमा रहने गरेका छन् । खासगरी वित्तिय र मनोरञ्जन उद्योगमा यस्ता युवतीको संख्या बढि रहेको अनुमाने छ ।

के हो कल गर्ल ?

कल गर्ल भनेको बाटोमा हिँड्ने शरीरलाई सुख दिन सबै कसरत गरिदिने हुन् । उनीहरूले आफ्नो पेशा र व्यावसायलाई आम मानिसलाई प्रस्टसँग खुलाएका हुँदैनन् । उनीहरू कुनै एजेन्सीसँग आवद्ध हुने गरेका छन् । कल गर्लले म्यागेजिन र इन्टरनेटमा आफ्नो विज्ञापन पनि गरेका हुन्छन् । उनीहरूको विज्ञापनलाई एजेन्सीहरूले प्रमोशन गर्छन् । कतिपय युवा अवस्थाका लागि बनाइने फिल्ममा काम गर्नेहरु पनि कल गर्लका रूपमा सेवा दिइरहेका हुन्छन् ।

कतिपय कलगर्लका आफ्ना वेभसाइट पनि हुने गरेका छन् । नेपालमा भने ट्याक्सी, बार, क्लवलगायतका ठाउँको सम्पर्कका आधारमा कल गर्लले व्यावसाय गर्दै आएका छन् । कानुनले बर्जित गरेका कारणले वेभसाइट, विज्ञापनलगायत हुने गरेको छैन । फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्यो भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन ।

देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम चित्तसुखको खरिदबिक्री भइरहेको छ । कल गर्लहरूले रेडलाइट एरियाको माग गरेको पनि वर्षौं भइसक्यो । पूर्वका प्रमुख शहर र बजारमा सर्वत्र स्थापना भइरहेका छन्, कल गर्ल स्टेसनहरू । दिनप्रतिदिन बदिलँदो जीवनशैली र आयस्तरसँगै कल गर्ल स्टेसनहरू बनिरहेका छन् । अब यस मागप्रति गम्भीरतापूर्वक सोच्नुपर्ने बेला भइसकेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार १६:१६