सूचनाको शक्ति - The Power Of Information

        

विशेषज्ञ चिकित्सकको नतिजा सार्वजनिक, ७३.३ प्रतिशत उत्तीर्ण

काठमाडौं ।  विशेषज्ञ तहको चिकित्सकहरुको लाइसेन्स परीक्षामा ७३ दशमलव ३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिबार ५ चरणमा दर्ता प्रमाणपत्र लाइसेन्सको परीक्षा लिएको थियो ।

काउन्सिलले लिएको परीक्षामा ८ सय ३९ जना सहभागी भएका थिए भने ६ सय १५ जना मात्रै उत्तीर्ण भएका छन् । सहभागीमध्ये २ सय २४ जना अनुत्तीर्ण भए भने ४ जना अनुपस्थित र १ जनाको परीक्षा स्थगित गरिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

यस्तै काउन्सिलले नर्सिङ तथा मिडवाइफहरुको दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको पनि नतिजा प्रकाशन गरेको छ । काउन्सिलले शनिबार लिएको परीक्षामा नर्सिङ तर्फका ४९ दशमलव २९ प्रतिशत उत्तीर्ण भएका छन् ।

यस्तै मिडवाइफतर्फ भने ६६ दशमलव ६६ प्रतिशत उत्तीर्ण भएका छन् । १ हजार २ सय ७० जना नर्सिङ परीक्षामा सहभागी भएका थिए भने  ६ सय २६ जना उत्तीर्ण भएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतवार १२:४०