सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घट्यो, तोलाको कति?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ ।

सुनको मूल्य तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत हप्ता तोलामा ३ हजार रुपैयाँ घटेको सुनको मूल्यले यो हप्ताको पहिलो दिन आइतबार तोलामा ५ सय रुपैयाँ घटेको हो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण (कोभिड–१९) विरुद्धको खोप बनेको सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएपछि नेपाली बजारमा पनि घट्दै गएको महासंघले जनाएको छ ।

यस्तै आइतबार चाँदी पनि तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतवार ११:२५