सूचनाको शक्ति - The Power Of Information

        

उद्योग वाणिज्य महासंघको निर्वाचन

वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि ढकालले भने, ‘महासंघमा अब प्यानल सकियो’

sf7df8f}F, #) c;f/M 9sfnåf/f jl/i7 pkfWoIfsf] pDd]bjf/L 3f]if0ff g]kfn pBf]u jfl0fHo dxf;ª3sf] jl/i7 pkfWoIf tyf pkfWoIfx?sf] pDd]bjf/L 3f]if0ff sfo{qmddf pDd]bjf/L 3f]if0ff ub}{ jl/i7 pkfWoIfsf k|Tof;L rGb|k|;fb 9sfn . t:jL/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि व्यवसायी चन्द्र ढकालले महासंघमा अब प्यानल सकिएको बताएका छन् । निर्वाचित भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै ढकालले अब महासङ्घलाई बलियो र सबल संस्थाको रूपमा अगाडि लैजाने प्रतिबद्धता जनाए ।

उनले भने, अब चुनावसँगै प्यानल पनि सकियो । हामीलाई विश्वास गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । आज सकिएको मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरेका हुन् । महासङ्घको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो । महासङ्घको निर्वाचन समितिका अनुसार विजयी हुनुभएका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत पाएका थिए ।

यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त गरे । त्यसैगरी ५० प्रतिशत मतभार रहेको जिल्ला/नगरतर्फ ढकालले ५२ मत तथा प्रधानले ५३ मत प्राप्त गरे । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरे ।

यो विजयसँगै ढकाल निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको २०औँ अध्यक्ष बन्ने निश्चित भएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हाल्दै छन् । वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतवार ०९:५३