सूचनाको शक्ति - The Power Of Information

        

टी-२० क्रिकेटमा इङ्ल्याण्ड विजयी, दक्षिण अफ्रिका ५ विकेटले पराजित

काठमाडौं । इङ्ल्याण्डले घरेलु टिम दक्षिण अफ्रिकासँगको पहिलो टी–२० क्रिकेट जितेको छ ।

गएराति भएको खेलमा इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको हो ।

केप टाउनमा दक्षिण अफ्रिकाले दिएको १ सय ८० रनको लक्ष्य इङ्ल्याण्डले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

इङ्ल्याण्डको जितमा जोनी बेयरस्टोले अविजित रहँदै ८६ रनको अर्धशतकीय पारी खेले । यस्तै बेन स्टोक्सले ३७ र डाविड मालनले १९ रन जोडे ।

कप्तान इयान मोर्गनले १२ रन बनाए । दक्षिण अफ्रिकाका जर्ज लिन्दे र लुंगी एनजिडीले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो।

जितसँगै इङ्ल्याण्डले ३ खेलको श्रृंखलामा १–० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो खेल भोलि हुनेछ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार ०८:०३