सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : कर्कटलाई अवसर, मकरलाई धोका

२०७७ मंसिर १२ गते, शुक्रवार, २७ नोभेम्बर २०२० । कार्तिक शुक्लपक्ष, द्वादशी तिथि (८ः२२ बजेदेखि त्रयोदशी), अश्विनी नक्षत्र (२५ः३४ बजेउप्रान्त भरणी), चन्द्रराशि, मेष ।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । पारिवारिक आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ । पहिलेको सफलताले उत्साह जगाउनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । कर्मफलले मन प्रसन्न रहनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अनियन्त्रित खर्च कम गर्न सकिनेछ । व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउने मौका छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ । लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ । कामको लागत बढ्न सक्छ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आम्दानी सोचेजति नहुन सक्छ । व्यापारमा सामान्य फाइदा हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । सञ्चित धन उपयोग गर्नुपर्ने आवश्यकता पर्ला । रकम हातलागी हुनेछ तर ऋणभार समेत बढ्न सक्छ । सरसापटमा पनि केही धन बाहिरिने सम्भावना देखिन्छ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ । मिहिनेतले लक्ष्यमा भने पुर्याउनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन् । विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूको समस्याबारे चासो लिँदा आफैंलाई अप्ठ्यारो पर्न सक्छ । प्रतिकूल स्वास्थ्यका बाबजुद कामको चाप बढ्नेछ । अरूका लागि समय र अर्थ खर्चनुपर्ला । अध्यात्मभाव जागृत हुनाले अप्ठ्यारो समयमा पनि परोपकारी काममा प्रवृत्त भइनेछ । केही समय लागे पनि चिताएको काम बनाउन सकिनेछ । पछिका लागि काम गर्ने समय छ । शुभचिन्तकहरूले साथ दिनेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दौडधुपमै समय बित्नेछ भने मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ । काम समयमा पूरा गर्न मुस्किल पर्ने देखिछ । हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला । स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिवारजनको साथले उत्साहित भइनेछ । तर, प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला । परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । वादविवादले पुरानो सम्बन्धमा समस्या निम्त्याउन सक्छ । भौतिक साधन बिग्रनाले काममा विलम्ब हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । सोझोपनको फाइदा अरूले उठाउन सक्छन् । परिस्थितिले आकस्मिक खर्च बढाउनेछ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । मिहिनेतले प्रतिफल दिलाउनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुपक्षलाई किनारा लगाउने समय छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको काम बन्नेछ । समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला । बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विश्वास पात्रले धोका दिने हुँदा प्रतीक्षित नतिजा केही कमजोर देखिन सक्छ । हतारको निर्णयले हानि पुर्याउनेछ, योजना गोप्य राखेर अघि बढ्नुहोला । अप्ठ्यारो पर्दा मान्यजन र शुभचिन्तकहरूले साथ दिनेछन् । बुद्धिको उपयोगले पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला, लगनशीलताले लक्ष्यमा पुग्न सफलता मिल्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ । बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला । सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ । रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ । सहयोगीहरू टाढिए पनि समस्या दर्साउँदा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँ कामको प्रस्ताव आउनेछ । आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । व्यावसायिक काममा मनग्य लाभ हुनेछ । (नेपाली पात्रो)

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार ०७:२८