सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज म्याराथन

गोपीलाई नेपालगन्ज म्याराथनको उपाधि, ओलम्पिकमा छनोट

हाफ म्याराथनमा सशस्त्रकी पुष्पा पहिलो

बाँके । छैटौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि एपीएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन् ।

नेपालगन्जमा शनिबार भएको म्याराथनमा गोपीले उपाधि जितेका हुन् ।

उपाधिसँगै गोपी आगामी वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदका लागि छनोट भएका छन् ।

कोरोना भाईरसको महामारीको कारण अन्य प्रतियोगिता नहुँदा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनको विजेताले ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो।

गोपी नेपालमा आयोजना भएको १३ औं सागका स्वर्ण विजेता खेलाडी समेत हुन् । सागमा गोपीले ५ हजार मिटरको दौडमा स्वर्ण जितेका थिए । महिला हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पा भण्डारीले जितिन् ।

निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै पुष्पाले उपाधि हात परेकी हुन् । कर्णाली प्रदेशकी मन्जु रावत १ घण्टा ३० मिनेट ७ सेकेन्डको समय निकाल्दै दोस्रो भईन् ।

१ घण्टा ३८ मिनेट १४ सेकेन्डको समय सहित शर्मिला घर्तीले तेस्रो स्थान हासिल गरिन् ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार १०:५६