सूचनाको शक्ति - The Power Of Information

        

राहात नपाएको भन्दै डुडुवा गाउँपालिकामा तालाबन्दी


बाँके । सरकारले बाढी पीडितका लागि उपलब्ध गराएको राहत रकम अझै पीडितलाई नदिइएको भन्दै मंगलबार डुडुवा गाउँपालिकामा तालाबन्दी गरिएको छ । सरकारले गाउँपालिकाको खातामा बाढी पीडितका लागि प्रति परिवार २ हजार १ सय रुपैयाँ राहत उपलब्ध गराए पनि गाउँपालिकाले अझैसम्म वितरण नगरेकाले तालाबन्दी गरिएको फोरमका नेता जाहिर खाँले बताए ।


डुडुवा गाउँपालिका वडा नं. ३ का बासिन्दाले वडा कार्यालयमा समेत तालाबन्दी गरेका छन् । यता गाँउपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले गैरबाढीपीडितले राहत माग गरेपछि पीडितका लागि आएको राहात वितरण गर्न समस्या भएको बताए । उनले वास्ताविक बाढीपीडितहरुको पहिचान गर्न जिल्ला स्तरीय अनुगमन टोली बनाएर अनुगमन टोलीले दिएको प्रतिवेदन अनुसार राहात वितरण गरे मात्र वास्तविक बाढीपीडितले राहात पाउने र आफू वास्तविक पीडितलाई राहात दिन तयार रहेको जिकिर गरे ।
यता तालाबन्दी गर्न आएकाहरुले प्रमुख जिल्ला अधिकारी र सांसद मो.इस्तियाक राईले तालाबन्दी गर्न निर्देशन दिएपछि आफूहरु ताला लगाउन आएको बताए । ताला लगाउन आएका वडा नं. ३ हलबलडोलीका स्थानीय नागरिकहरु बाढीपीडित नरहेको र उक्त गाँउमा कुनै क्षतिसमेत नभएको सर्वसाधारणहरुले बताएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७४, बुधबार ०५:१८