सूचनाको शक्ति - The Power Of Information

        

फ्रेन्च लिगको शीर्ष स्थानमा रहेको पीएसजी आठ खेलपछि पराजित

काठमाडौं । फ्रेन्च लिग वनमा शिर्ष स्थानको पीएसजीले आठ खेलपछि पहिलो पटक पराजित भएको छ ।

जारी सिजनमा भने तेस्रो पराजय ब्यहोरेको छ । गएराति भएको खेलमा पीएसजी मोनाकोसँग तीन दुई गोलले पराजित भयो ।

१० खेलाडीमा सीमित रहेको पीएसजीले दुई गोलको अग्रता जोगाउन सकेन । मोनाकोको घरेलु मैदानमा भएको खेलमा पीएसजीका लागि केलियन एम्बाप्पेले दुई गोल गरेपनि खेर गयो ।

यता मोनाकोको जितमा केभिन मोलान्डले दुई गोल गरे । खेलको २५ औं मिनेटमा नै पाहुना टिम पीएसजीका लागि एम्बाप्पले टिमलाई अग्रता दिलाए ।

त्यसपछि ३७ औं मिनेटमा पीएसजीले पाएको पेनाल्टीको अवसर सदुपयोग गर्‍यो । एम्बाप्पेले नै गोल गर्दै टिमलाई पहिलो हाफमा दुई शुन्यले अगाडी राखे ।

खेलको ५२ औं मिनेटमा होलान्डले गोल गर्दै अन्तर दुई एकमा पुर्‍याए । त्यसपछि ६५ औं मिनेटमा फेरि उनैले फेब्रिगासको पासको सदुपयोगमा खेल दुई दुई गोलको बराबरीमा पुर्‍यायो ।

खेलको ८४ औं मिनेटमा पीएसजीका डियोलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरीए । उनले डिबक्समा फल गरेपनि मोनाकोले पेनाल्टी पायो ।

जसलाई फाब्रिगास गोल गर्दै मोनाकोलाई तीन दुईको जित दिलाए । जितसँगै मोनाकोले १० खेलमा १७ अंक बनाउँदै छैटौं स्थानमा छ भने पीएसजी अझैपनि शिर्ष स्थानमा कायमै छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार ०७:५८