सूचनाको शक्ति - The Power Of Information

        

यौन सम्पर्कका बेला महिलाको स्तन माड्दा लाभदायक

बाँके । महिलाहरुले आफुलाई फिट राख्नको लागि अनेक मेहनत गर्छन । महिलाहरु आफू सुन्दर हुनका लागि ब्युटिपार्लर जान्छन् । फेसियल, स्क्रब र विभिन्न खाले अनेक उपाय अपनाउँछन् । आफ्नो स्वास्थ्यको लागि महिलाहरु जिम जाने, योगा गर्ने र स्वस्थ खाना खान्छन् । तर, आफ्नो स्तनलाई कसरी स्वस्थ राख्ने भन्नेमा अनभिज्ञ नै छन् र खासै केहि पनि गरेको देखिँदैन ।

विभिन्न अध्ययनहरुका अनुसार स्तन मसाज यौन सामथ्र्यको लागि मात्र नभएर शारीरिक स्वास्थ्यका हिसाबले पनि फाइदा पुग्ने देखिन्छ । जब महिलाहरुले कसिलो लुगा विशेषगरी ब्रा लगाउँछन्, तब ब्रेस्टमा लिम्फैटिक फ्लुइडको काममा रोकावट आउँछ । जसले गर्दा ब्रेस्ट र अन्डर आम्र्समा भएको लिम्फ वा लसीका फ्लुइडलाई फेरी स्टिम्युलेट गर्नका लागि स्तन मसाज गर्नु आवश्यक छ ।

कहिलेकाहीं स्तनमा गाँठो बन्न जान्छ यो आफैलाई थाहा हुँदैन । पछि त्यही गाँठो विस्तारै क्यान्सरमा परिणत हुन्छ । नियमित स्तन मसाज गर्यो भने आफैले गिर्खा वा गाँठो समयमा नै पत्ता लगाउनाले तुरुन्त उपचार भई खतराबाट बच्न सहज हुन्छ । बदामको तेल, तिलको तेल, जोजोबा आयल वा क्यास्टर आयलले स्तन मसाज गर्नु बढी फाइदाजनक हुन्छ ।

नुहाइ सकेपछि हातमा तेल लगाएर हातले स्तनमाथि गोलाकारमा मसाज गर्दा, ननुहाएको बेला स्तनलाई तातो तौलिया राखेर हल्का तातो गरेर मसाजको मोशनलाई कम्तीमा ३० पटकसम्म माथि र तलको दिशामा पनि गर्दा फाइदा हुने अध्ययनहरुले देखाएका छन् । यस्तै सुत्नुभन्दा पहिले हरेक दिन १० देखि १५ मिनेटस्तन माड्नु लाभदायक मानिन्छ । स्तन माड्दै यौन सम्पर्क गर्दा पनि स्वास्थ्यका हिसाबले लाभदायक मानिन्छ । एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार १६:०८