सूचनाको शक्ति - The Power Of Information

        

भारतको अहमदाबादमा कर्फ्यू

काठमाडौँ । भारतको अहमदाबादमा आज (शुक्रबार)देखि रातको समयमा कर्फ्यू लगाइने भएको छ।

समाचार संस्था पिटिआईका अनुसार अहमदाबादमा कोरोना संक्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कर्फ्यू लगाउने निर्णय गरेको हो।

राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी भएको हो। कर्फ्यू कहिलेसम्म जारी रहन्छ भन्ने खुलाइएको छैन।

गुजरातमा अहिलेसम्म ३८३० मानिसको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

अहमदाबादमा मात्रै अहिलेसम्म ४६ हजारभन्दा धेरै सङ्क्रमित भइसकेका छन्।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार ०८:५०