सूचनाको शक्ति - The Power Of Information

        

जर्जियमा पुन मतगणना सकियो, बाइडेनकै जित

काठमाडौँ । अमेरिकाको राष्ट्रपति निर्वाचनमा विभिन्न स्थानमा धाँधली भएको आरोप लगाउँदै वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पले जर्जियामा पुन मतगणना गर्न माग गरेका थिए। ट्रम्पको माग बमोजिम उक्त राज्यमा पुन मतगणना सम्पन्न भएको छ।

सिएनएनका अनुसार मतणनामा कुनै धाँधली भएको नपाइएको बरु ट्रम्पको हार पुनर्पुष्टि भएको छ। जर्जियामा ट्रम्पकोभन्दा डेमोक्रेट्स् उम्मेद्वार जो बाइडेनको पक्षमा १२ हजार २८४ मत बढी खसेको पुन मतगणनाले देखाएको उल्लेख गरिएको छ।

राष्ट्रपति ट्रम्पले चुनावी हारपछि विभिन्न आरोप लगाउँदै जित आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको छ। यद्यपि उनले कतिपय ठाउँमा मतदाताभन्दा बढी मत खसेको, कतै फर्जी हस्ताक्षर गरिएकोले बाइडेनको पक्षमा मत बढी देखिएको बताउँदै आएका छन्।

उनका भनाईहरु सामाजिक सञ्जालमा खण्डन हुँदै आएको छ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार ०८:४१