सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालमा कोरोना निको हुने दर ८६.३ प्रतिशत

पछिल्लो ४ घण्टामा २१०३ जना थपिँदा २८५८ जना डिस्चार्ज, १७ को मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमण निको हुने दर ८६.३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयको अध्यावधिक विवरण अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या २८ हजार १०६ जना रहेको छ ।

हालसम्म कुल संक्रमितको संख्या २ लाख १५ हजार २० जना र निको हुनेको संख्या १ लाख ८५ लाख ६३८ जना रहेको छ । यस्तै हालसम्म कोरोनाबाट १ हजार २७६ जनाले ज्यान गुमाएका छन् भने क्वारेन्टिनमा ७६७ जना रहेका छन् ।

यस्तै हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको कोरोना परीक्षण भएको छ भने बितेको २४ घण्टामा मात्रै ९ हजार ८०५ जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ८६४ महिला र १ हजार २३९ पुरुषसहित थप २ हजार १०३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै २ हजार ८५८ संक्रमण मुक्त भएका छन् भने ७६७ जना क्वारेण्टिनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप १७ सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार २७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार १७:३४