सूचनाको शक्ति - The Power Of Information

        

बाग्लुङमा १३९ फरार प्रतिवादी र २८ जुवाडे पक्राउ

बाग्लुङ । पछिल्लो समय बागलुङ प्रहरीले धमाधम फरार प्रतिवादी र जुवाडे पक्राउ परेका छन् ।

हालसम्म १ सय ३९ फरार प्रतिवादी र २८ जुवाडे पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

९० जनाका क्षमता भएपनि कारागारमा हाल १ सय ४२ जना कैदिबन्दी रहेका छन् ।

कोरोना संक्रमणको जोखिमका बीच प्रहरीले धमाधम पक्राउ गरेपछि हिरासत र कारागारमा कोरोना संक्रमणको जोखिम बढेको छ ।

यता, कारागागरमा पीसीआर परीक्षण गरेपछि मात्र कैदीबन्दी राख्ने भएकोले कोरोना संक्रमणको जोखिम नरहेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार ०९:३६