सूचनाको शक्ति - The Power Of Information

        

बारामा २० केजी अवैध गाँजा बरामद

बारा । बारामा २० केजी अवैध गाँजा बरामद भएको छ । सिम्रौनगढ नगरपालिाका वडा नम्वर १ स्थित मसानघाट निर बुधबार बिहानको समयमा सो गाँजा बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल बिओपि पिपरपातीबाट खटेको सशस्त्र प्रहरी निरिक्षक वाहादुर आले मगरको कमाण्डमा खटेको ७ जना पैदल गस्ती टोलीलाई देख्ना साथ नेपालबाट भारत तर्फ लैजादै गरेको पाँच केजीका दरले ४ पोका अवैध गाँजा बराममद गरिएको सशस्त्र प्रहरी उपरिक्षक रविन राज कर्णजितले बताएका छन् ।

तयारी गाँजाको पोका बनाई विहान कुहिरो लागेको समयमा टाउकोमा बाकी लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीलाई हेरेपछि त्यही फालेर भोगेको उनले बताए ।

खेतको बाटोबाट तस्करी भईरहेको सुचना पाउना साथ बिओपीहरुमा पैदल गस्ती, साइकल, मोटरसाईकलले चोरबाटोहरुमा निगरानी गर्न निर्देशन दिएको सशस्त्र प्रहरी उपरिक्षक कर्णजितले जानकारी गराएका छन् ।

सिमानाकामा कोरोना भाईरसले बन्द रहेको अवस्थामा सिमानाकामा चाडपर्वको समयमा हुने तस्करीलाई निस्तेज गरि निगरानी बढाएको उनले दाबी गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार ११:५०