सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना संक्रमणबाट दुई बरिष्ठ दुई वरिष्ठ चिकित्सकको निधन

डा.सुनिल झा (बायाँ) र डा.नारायणबहादुर थापा

काठमाडौं । कोरोना संक्रमणका कारण काठमाडौंमा दुई वरिष्ठ चिकित्सकको मृत्यु भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सुनिल झा र नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष डा.नारायणबहादुर थापाको निधन भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार डा.झाको शुक्रबार बिहान र डा.थापाको शनिबार राति निधन भएको हो । बिरामीहरूको उपचारकै क्रममा कोरोना संक्रमण भई उनीहरूको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । उनीहरूको मृत्युले देशलाई ठूलो क्षति पुगेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले पीडित परिवारमा समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलवार ०७:५३