सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसम दिनभर कस्तो रहने छ?

काठमाडौं ।  देशभरको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर उल्लेखनीय मौसमी प्रमाणलीको प्रभाव छैन, सोही कारण मौसम सफा हुने देखिएको जल तथा मौसम विभागले जनाएको हो।

अहिले देशको पहाडी भू–भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्यबदली तथा बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार ०९:३९