बाँके । बाँके प्रहरी अस्पताल, नेपालगञ्जका तीनजना कर्मचारीलाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले पीसीआर जाँचको नि:शुल्क सिफारिस गराइदिएर पैसा असुली गरेको पाइएपछि दुई जना सुरक्षागार्ड र एकजना सहयोगीलाई पक्राउ गरेको जानकारी दिए ।
‘डाक्टरबाट निशुल्क जाँचको सिफारिस बनाउने र जाँच गराउन आएका व्यक्तिसँग पैसा लिएको पाइएको छ, डीएसपी खड्काले भने, तीन जनालाई ल्याएका छौं । सोधपुछ भइरहेको छ ।’ प्रहरीका अनुसार, तीन जनाले ६ जनासँग यसरी पैसा लिएको पाइएको छ ।
गरीव, आर्थिक अवस्था कमजोर र विपन्नलाई डाक्टरको सिफारिसमा नि:शुल्क पीसीआर जाँच गर्ने व्यवस्था मिलाइएको छ । यो बाहेक चिन्ह लक्षण देखिएका बिरामीको पनि निशुल्क पीसीआर जाँच हुने गर्दछ ।
सत्यपाटी ।