सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप नेपाल आएर मात्रै बिग बास लिगका लागि अष्ट्रेलिया जाने

काठमाडौं । नेपाली क्रिकेट टिमका सन्दीप लामिछाने नेपाल फर्किएर मात्र बिग बास लिगका लागि अष्ट्रेलिया जाने भएका छन् ।

इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि युएईमा रहेका सन्दीप केहि साता नेपाल बसेर अष्ट्रेलिया जाने भएका हुन् । बिग बासमा सन्दीपले खेल्ने टिम अझै तय भएको छैन । सन्दीप अनुबन्धका लागि थुप्रै क्लबले चासो देखाएपनि औपचारिक सम्झौता भएको छैन ।

सन्दीपले यस सिजनको आईपीएलमा मैदान उत्रने मौका पाएनन् । सन्दीप आबद्द टिम दिल्ली क्यापिटल्स मंगलवार भएको फाइनलमा मुम्बई इण्डियन्ससँग पराजित भएको थियो । पहिलो पटक फाइनल पुगेको दिल्ली ५ विकेटले पराजित भएको थियो ।

नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट शुरु हुनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १०:५३