काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन। अहिले हिमाली भू–भागमा आंशिका बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।
दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।
सत्यपाटी ।