सूचनाको शक्ति - The Power Of Information

        

बसको ठक्करबाट एकाविहानै तरकारी बेच्‍न हिँडेका पुरुषको ज्यान गयो

काठमाडौं ।  काठमाडौंमा एकविहानै बसको ठक्करबाट पुरुषको मृत्यु भएको छ ।

चन्द्रागिरी नगरपालिका-५ थानकोटमा विहान करिब पौने पाँच बजेको समयमा नम्बर नखुलेको बसको ठक्करबाट तरकारी बेच्‍न हिँडेका पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाजुरा घर भई थानकोट बस्दै आएका ४० वर्षीय नविन लोहार रहेको ट्राफिक प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको ओम समाज अस्पतालमा ज्यान गएको हो ।

ठक्कर दिने बसको खोजी भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार ०९:३४