सूचनाको शक्ति - The Power Of Information

        

ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजबाट सुरु

काठमाडौं । बंगलादेशसँगको मैत्रीपुर्ण खेलका लागि हाल ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आइतबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ ।

ढाका पुगेपछि गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि नेपाली टिमले बंगलादेशको स्वास्थ्य मन्त्रालयबाट प्रशिक्षणका लागि स्विकृती पाएको छ ।

नेपालले आज शेख जमल धनमुण्डी फुटबल मैदानमा प्रशिक्षण गर्ने भएको छ । यो मैत्रीपुर्ण खेलका लागि नेपालबाट २५ खेलाडी ११ अफिसियल ढाका पुगेका छन ।

ढाका पुगेको तीन दिनमा नै नेपाली टिमले प्रशिक्षण सुरु गर्ने मौका पाएको हो । प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको नेपाली फुटबल टिमले ढाका पुगेपछि दुई दिनको आइसोलेसन समय विताएको थियो ।

सो बेलापनि टिमले आफु बसेको होटेलको छतमा सामान्य फिटनेस सेसन गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतवार ०७:५४