सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँके, दाङ, विराटनगर र कैलालीमा गरी थप नौं कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरस कोभिड—१९बाट थप नौं जनाको मृत्यु भएको छ ।

विराटनगर, दाङ, बाँके र कैलालीमा गरी थप ९ संक्रमितको मृत्यु भएको हो ।

विराटनगरको नोवेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक बृद्धा र एक युवती गरि दुईजनाको मृत्यु भएको छ । बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ ।

बाँके राप्तीसोनारी गाउँपालिका वडा न. ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, कैलालीको टीकापुर नगरपालिका वडा नं. १ निवासी ५६ वर्षकी महिला, दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं.१० निवासी २० वर्षकी युवती र वडा नं. ५ निवासी ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी दाङबाट नेपालगञ्जमा कोरोना उपचार गराउन ल्याइएका ५९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उता कैलालीमा होम आइसोलेसनमै रहेका बेला ३९ बर्षका पुरुष र ५९ बर्षीया महिलाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार १३:५५