सूचनाको शक्ति - The Power Of Information

        

‘परदेशिको कर्म’मार्फत फोटो पत्रकार वन्त मोडलिङ यात्रामा

काठमाडौं । लामो समयदेखि नेपालको फोटो पत्रकारितामा स्थापित प्रदीपराज वन्तले मोडलिङमा हात हालेका छन् । सामाजिक अभियन्तासमेत रहेका वन्तले आफ्नो पहिलो म्युजिक भिडियो ‘परदेशिको कर्म’मार्फत मोडलिङ यात्रा सुरु गरेका छन् । राष्ट्रिय समाचार समिति (रासस)का कार्यरत वन्तले लामो समयदेखि आफूलाई व्यवसायिक एवम् दक्ष फोटो पत्रकारको रुपमा आफूलाई स्थापित गरेका छन् ।

विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विभिन्न सिरिज चलाउने वन्त सिजन मिडियाका प्रबन्ध निर्देशकसमेत हुन् । वन्त अब पहिलो पटक कलाकारितातर्फ समेत लागेका छन् । गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टले पहिलो पटक निर्माण गरेको ‘परदेशिको कर्म’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेटसेफ कुमार चालिसे लगयातले संयुक्तरुपमा विमोचन गरे ।

काठमाडौंको न्यूरोडस्थित रिभोल्भिङ्ग रेष्टुरेन्टमा आयोजित विमोचन कार्यक्रममा वोल्दै प्रमुख अतिथि आकाश अधिकारीले फोटो पत्रकार वन्तले नेपाली दाजुभाईले विदेशमा भोगेको दुखलाई गीत संगीतको माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गरे । उनले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको हृदय छुनसक्ने बताए ।

रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारीत गीतले हाम्रो समाजिक एवम् हरेक घरको मार्मिक चित्रण गरेको छ । नेपालीले खाडी मुलुकमा गरेको दुख र उनीहरुले के कसरी पसिना बगाएका छन् भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ । खाडीमा मात्रै नभई अदक्ष नेपालीले जहाँ गए पनि दुःखमात्रै पाउने, राम्रो तलब सुविधा नपाउने अवस्थामा गीत र श्रव्य दृश्य सामग्रीले प्रस्तुत गर्ने जर्मको गरेको छ ।

गायक विनोद दनुवारले स्वर दिएको गीतको भिडियोमा फोटो पत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ । गीतको श्रव्य दृश्य सामग्री (भिडियो) नविनबाबु गुरुङको निर्देशन तथा छायाङकन रहेको छ भने सम्पादन नविन निरौलाले गरेका छन् । यस्तै, सहायक निर्देशनमा रेजीना तुलाधरले सहयोग गरेका छन् । आफूले पनि कलाकारिताको क्षेत्रमा केही न केही योगदान गर्न सक्छु भन्ने मान्यताका साथ आफू यस क्षेत्रमा आएको गीतका मोडल वन्तले जानकारी दिए ।

उक्त कार्यक्रममा सिजन मिडियाद्धारा लकडाउनमा आयोजना गरिएको मिसेस नेपाल लकडाउन ट्यालेन्टहन्टका विजेताहरुलाई ताज लगाउनुका साथै पुरस्कार वितरण पनि गरिएको थियो । साथै अबका दिनमा सिजन इन्टरटेन्मेन्टले विभिन्न प्रकारका म्यूजिक भिडियोहरु बनाउँदै जाने तयारीसमेत गरेको सिजन इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशकसमेत रहेका वन्तले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार ०८:१८