सूचनाको शक्ति - The Power Of Information

        

मकवानपुरमा एकै दिन थप ५१ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा आज एकै दिन थप ५१ जनामा कोरोना पुष्टि भएको छ ।

आज बिहान सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप ५१ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो ।

हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा २८ महिला र २३ जना पुरुष रहेका छन् ।

हेटौंडा उपमहानगरका विभिन्न वडाका ४४ जना रहेका छन् । त्यस्तै, भीमफेदीका २ जना, मकवानपुरगढीका २ र जिल्ला बाहिर ठेगाना भएका ३ जना गरी ५१ जनामा कोरोना पुष्टि भएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार ०९:४०