सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसमः सामान्यतया देशभर सफा रहने

काठमाडौं । हाल प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहेको छ भने सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । साथै पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

राती देशको पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार ०७:३६