सूचनाको शक्ति - The Power Of Information

        

रुकुम पूर्वका सबै स्थानीय तहमा एम्बुलेन्स सेवा

रुकुम । रुकुम पूर्वका तीन वटै स्थानीय तहमा एम्बुलेन्स सेवा पुग्ने भएको छ । पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकामा स्थानीय तह मातहतमै एम्बुलेन्स सेवा सञ्चालन हुने भएको हो । पुथा र सिस्नेले एम्बुलेन्सको लागि बजेट विनियोजन गरेका छन् भने भूमेले प्रदेश सरकारले दिएको अनुदानको रकमले एम्बुलेन्स खरिद गर्ने गाउँपालिकाले जनाएको छ ।

तीन वटै गाउँपालिकाको लागि तीन वटा एम्बुलेन्स खरिद गरिएकोमा अबको कहि दिनमै गाउँपालिकामा पठाउने तयारी भइरहेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका जिल्ला सहजकर्ता लीलामणि गौतमले जानकारी दिए । गत आर्थिक वर्षमै गाउँपालिकाले एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाएको थियो । तर, विभिन्न कारणले गत वर्ष एम्बुलेन्स खरिद हुन सकेको थिएन ।

एम्बुलेन्स सेवा पुगेसँगै जटिल बिरामीका लागि अब सहज सेवा प्राप्त हुनेछ । एम्बुलेन्स सञ्चालन एवं सवारी साधन सञ्चालन कार्यावधि अनुसार सेवा दिइने यहाँका गाउँपालिकाहरूले जनाएका छन् । जटिल अवस्थाका बिरामीका लागि सार्वजनिक सवारी साधन भाडामा लिई गरी स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने बाध्यता एवं झन्झटिलो अवस्था अब हट्ने भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार ०९:५२