सूचनाको शक्ति - The Power Of Information

        

बिहारमा विधानसभा चुनावमा दोस्रो चरणको मतदान हुँदै

काठमाडौं ।  भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत मंगलबार दोस्रो चरणको मतदान हुँदैछ । मंगलबार १७ जिल्लाका बासिन्दाले ९४ सिटका लागि मतदान गर्दै छन् । बिहान सात बजे सुरु भएकाे मतदान बेलुका ६ बजेसम्म जारी रहने छ ।

बिहार विधानसभाका २४३ सिट मध्ये आधा भन्दा धेरैमा मंगलबार मतदान सकिने छ । यसअघि अक्टोबर २८ मा भएको पहिलो चरणमा ७१ सिटका लागि मतदान भइसकेको छ ।

दोस्रो चरणको मतदानमा ९४ सिटका लागि १४ सय ६३ उम्मेदवार रहेका छन् । सन् २०१५ को चुनावमा यी ९४ सिटमा आरजेडी सबैभन्दा ठूलो पार्टी बनेको थियो । यी सिटमा आरजेडीले ४५.३ प्रतिशत मत प्राप्त गरेको थियो ।

बिहारको यो क्षेत्र पिछडिएको इलाका हो । पाँच वर्ष पहिलेको चुनावमा यी ९४ मध्ये आरजेडीले ३३, जेडियूले ३०, भाजपाले २०, कांग्रेसले सात, एलजेपीले दुई तथा अन्यले दुई सिटमा जित हाँसिल गरेका थिए ।

दोस्रो चरणमा दुई करोड ८६ करोडले मतदान गर्ने छन् । बिहार बाहेक अरु १० राज्यमा कोरोना भाइरसको महामारीका बिच ५४ सिटमा उपचुनावका लागि मतदान हुँदैछ ।

बिहारमा नीतिश कुमार चौथोपटक मुख्यमन्त्री बन्ने प्रयासमा छन् । उनलाई लालुप्रसाद यादवको अनुपस्थितिमा उनका कान्छो छोरा तेजस्वी यादवले चुनौति दिँदै छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार ०७:२६