बर्दिया । बर्दिया राष्ट्रिय निकुन्जबाट आएको जंगली हात्तीले बर्दियाका विभिन्न ठाउँहरुमा आतंक मच्चाएको छ । बिहीबार राती ठाकुरबाबा नगरपालिका–२ रानीपुरमा जंगली हात्तीले तीन वटा घर भत्काएको छ ।
निकुन्जबाट आएको जंगली हात्तीले भक्तबहादुर रोका, मीनबहादुर शाही र पार्वती खड्काको घर भत्काउनुका साथै भान्सामा राखिएको करिब एक क्विनटन चामल खाएको पीडितहरुले बताएका छन् । उनीहरुले भागेर ज्यान जोगाएका थिए ।
केहि दिनयता ठाकुरबाबा नगरपालिकाका कर्मला, रानीपुर, मोतीपुर बलाती, पेरहनी, प्रतापपुर लगायतका गाउँमा जंगली हात्तीको बथानले स्थानीयले लगाएको गहँुबाली खाएर नोक्सानी पुर्याएको छ । दिनहँुजसो हात्ती रातीको समयमा आएर अन्नबाली खाइदिने गरेको स्थानीयहरुले बताएका छन् ।
उता राजापुर नगरपालिका–७ मा बुधबार राती भारतको जंगलबाट आएको जंगली हात्तीको समूहले क्षति पु¥याएको छ । स्थानीय कल्थु थारुको घरमा रातीको समयमा हात्तीको समूहले घरमा राखिएको अन्नपात खानुका साथै लत्ताकपडा समेत च्यातेर नष्ट गरेको पीडितले बताएका छन् ।
हात्ती आतंक रोक्न सीमा प्रहरी कार्यालयले गस्ती निरन्तर गरे पनि खुला सीमाका कारण हात्तीले क्षति पुर्याइरहेको सीमा प्रहरी चौकी गोडियानाका निमित्त कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक रामस्वरुप चौधरीले बताए ।
हात्ती नियन्त्रणमा राजापुर नगरपालिका, सीमा प्रहरी चौकी गोडियाना, स्थानीयवासी, बर्दिया राष्ट्रिय निकुञ्जले विभिन्न तरिकाले छेकवार गरे पनि पोलहरु प्रभावकारी नभएको राजापुर नगरपालिका–७ का वडा अध्यक्ष मथुराप्रसाद थारुले बताए । हात्तीबाट जोगिन स्थानीयहरु रातभर जाग्राम बस्ने गरेका छन् ।
।